मोरङमा बिद्यालय प्रशासन र राहत शिक्षकबीच तनाब


 


मोरङ, भदौँ २८

राहत शिक्षकहरुले बिद्यालय बन्द गर्ने क्रममा मोरङको सुन्दरहरैचामा रहेको सुकुना माध्यमिक बिद्यालय प्रशासन र राहत शिक्षकबिच आज तनाब उत्पन्न भएको छ ।

आजसम्म सामूदायिक विद्यालय बन्द गर्ने घोषणासहित आन्दोलन उत्रिएका राहत शिक्षकहरु बिद्यालय लागेको थाहा पाएपछि बन्द गर्न गएका थिए । गेटमा ताला लागेपनि बिद्यालय भित्र पठन पाठन भइरहेको थियो राहत शिक्षक सघर्स समिति मोरङका सदस्य समेत रहेका वासु बरालले भन्नुभयो – हामीले गएर आजको दिन बिद्यालय बन्द गरीदन माग गर्यो । गेटमानै प्रहरी राखेर बिद्यालयले पठन पाठन हुँदै थियो उहाँले भन्नुभयो– हामी भित्र जान्छौ भन्दा समेत भित्र जान दिईएन ।

गेठमा ताला लगाएर बिद्यार्थीलाई आवत जावत गर्न समेत समस्या बनाएर पठनपाठन गरेको उनीहरुले आरोप लगाएका छन । प्रहरी सँगछलफल हुदा हुँदै प्रअ आएर गालिगलोज गर्न थाल्नु भयो राहत शिक्षक सन्तोष फुयालले भन्नुभयो । प्रहरी प्रशासन लगाएर राहात शिक्षकका मुद्धा ओझेलमा पार्न खोजेको बेलबारी राहत शिक्षक समितिका अध्यक्ष लिलाप्रसाद आचार्यले आरोप लगाउनुभयो ।

शिक्षक सगठन मोरङका अध्यक्ष समेत रहेका प्रअ लक्ष्मीप्रसाद श्रेष्ठले आफुहरुलाई दुरब्यबहार गरेको राहात शिक्षकहरुले आरोप लगाएका छन ।

प्रकाशित मिति: २८ भाद्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्