सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्
काठमाडौं, भदौ २८
बजारमा आज सुनको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
सुनको मूल्य यथावत रहँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला सात सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: २८ भाद्र २०७५, बिहिबार