चाडपर्व लागेपछि झापाका बजार सातै दिन खुल्ने


 


झापा, भदौँ २९

नेपालीहरुको महान चाड दशै, तिहार,छैठ जस्ता चाडपर्व नजिककिएसंगै झापाका वजारहरु सातादिन नै खुल्न थालेको छ । जिल्लाका दमक,विर्तामोड,धुलावारी ,भद्रपुर ,सुरुङा लगायतका मुख्य वजारहरु चाडपर्व केन्द्रीत सातादिन खुल्न थालेका हुन् ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुसार आज शुक्रवारदेखिनै छैठ पवैसम्म दमकको वजार खुल्ला रहने छ । दमकमा हरेक शुक्रवार वजार वन्द हुदैआएको थियो । उहाँले चाडपर्वमा उपभोक्ताहरुलाई किनमेल गर्न सहजता प्रदान गर्न वजार सातादिननै खुलाउने निर्णय भएको बताउनुभयो । चाडपर्व भरि वजार खुला रहनेभएपछि उपभोक्तालाई सहजता हुने विश्वास अध्यक्ष ढकालको छ ।

संघले सार्वजनिक सूचना निकालेर चाडपर्वलाई लक्षित गरेर दमक वजार खुल्ला रहने जनाएको थियो । बर्सेनी दशै,तिहार चाडपर्वलाई मध्यनजर गरेर साता दिननै वजार खुल्ला गरिआएको संघका अध्यक्ष ढकालले बताउनुभयो । यता जिल्लाकै पूरानो वजार गौरीगञ्जमा समेत नजिकएिको चाडपर्वलाई लक्षित गरेर झापा उद्योग वाणिज्य संघले सातादिननै वजार खुलाएका छन् ।

संघका अध्यक्ष मखना महतो गैदारले चाडपर्वमा उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले वजार खुलाउने निर्णय भएको जानकारी दिए । त्यहाँ मंगलवार वजार वन्द हुदैआएको थियो । यसैगरि हरेक सोमबार वन्द हुदैआएको विर्तामोडको वजार समेत चाडपर्व नजिककिएसंगै सातादिन वजार खुला गराउने निर्णय भएको विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्