एसपी विष्ट सधैंँ विवादित, महिला प्रहरीलाई पनि गर्थे दुव्र्यवहार


 


काठमाडौं, भदौ २९
निर्मला बलात्कार हत्या काण्डमा विवादित बनेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सधैंँ विवादित हुँदै आएका थिए ।

प्रहरी सेवामा प्रवेश गरेपछि अधिकांश समय सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा कार्यरत रहँदै विवादमा रहिरहे । कान्तिपुरमा खबर छ ।

उनी ०६४ पुस ३० देखि ०६६ मंसीर २८ सम्म दार्चुलामा प्रमुख भएर काम गर्दा महिला प्रहरीलाई दुव्र्यवहार गरेका थिए ।

महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोप लगाएर स्थानीयले जिप्रका घेराउ र आन्दोलन गरेपछि उनलाई जिल्ला बाहिर तानिएको थियो ।

विष्ट जिल्लामा प्रहरी प्रमुख भएको बेला दुहु गाउँपालिका ३ को ब्रहमदेव प्रहरी चौकीमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको थियो । यस्तै, अन्य जिल्लामा रहँदा पनि उनको महिलाप्रति कुदृष्टि रहने गरेको बताइएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्