विरोध भएपछि कर सङ्कलन स्थगित


 


तेह्रथुम, भदौ २९

कर संकलन अव्यवहारिक भएको भन्दै जनस्तरबाट विरोध भएपछि तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवा र शुक्रबारे हटियामा उठाउँदै आएको कर संकलन तत्कालका लागि बन्द गरेको छ ।

ठेकेदारले आफूखुशी कर लिएको भन्दै नगरबासीले बिरोध गरेकाले कर संकलन स्थगित गरेको हो । कार्यपालिकाको बैठक बरेर उक्त कर हाल सङ्कलन नगर्ने निर्णय गरेको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।

तत्काललाई करसम्बन्धी ठेक्कासमेत तोडेर नगरवासीबाट प्राप्त सुझावका आधारमा कर सङ्कलनलाई थप वैज्ञानिक र व्यावहारिक बनाइनृ उहाँले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्