तीन वर्षीय छोरालाई छाडेर महिलाले त्रिशूलीमा हाम फालिन्
चितवन, भदौ २९
त्रिशूली नदीमा हाम फालेर विहीबार एक महिला बेपत्ता भएकी छन् ।
नदीमा हाम फालेर सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो ।
आफ्ना तीन वर्षीय छोरालाई केबुलकार रेष्टुरेण्टमा छाडेर त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ।
उनले इच्छाकामना गाँउपालिका–४ केबुलकार स्टेशन नजिकबाट नदीमा हाम फालेकी हुन् । उनको अहिले बेपत्ता बरालको खोजी कार्य भइरहेकोे छ । रासस
प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार