सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो आज ?


 


काठमाडौं, भदौ २९
नेपाली बजारमा आज सुनचाँदीको मूल्य आज घटेको छ । सुन तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय १५ रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला सातसय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्