प्रस्ताव सर्वसम्मतिले स्वीकृत


 


काठमाडौँ, भदौँ २९

राष्ट्रियसभाको आजको बैठकले “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि सम्मिलन गर्ने सम्बन्धी प्रस्तावलाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

यसअघि राष्ट्रिय सभामा सो विधेयक निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको सट्टामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको थियो । रासस

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्