बाल गृहलाई अन्नपूर्णको सहयोग


 


मोरङ, भदौँ २९

बाल दिवसको अवसरमा पारेर मोरङको पथरीस्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थीहरुले उर्लाबारी – ७ को नमूना बाल गृहलाई सहयोग गरेका छन् ।

आज एक कार्यक्रमकाबीच विद्यार्थीहले गृहमा आश्रित बालबालिकाहरुलाई आफ्नो खाजाको पैसाले हार्मोनियम र लत्ताकपडा खरिद गरी वितरण गरेका हुन् । शिक्षक सञ्जय परियारको समन्वयमा कक्षा १० का विद्यार्थीहरुले उक्त सहयोग गरेको विद्यालयका प्रिन्सिपल दिनेश बरालले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले आफ्नो खाजाको रकमले गृहमा आश्रित बालबालिकाहरुमा खर्चेको भन्दै गृहकी अध्यक्ष मिना बरालले खुशी प्रकट गर्दै धन्यवाद दिनुभयो । सोही अवसर कक्षा १० मा अध्ययरत छात्रा आरोगियराज गुरुङले जन्मदिनको अवसरमा गृहमा आवश्यक दैनिक उपभोगी वस्तु सहयोग गर्नुभयो ।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्