सगरमाथा साकोसको अध्यक्षमा कार्की


 


मोरङ, भदौँ २९

मोरङको उर्लाबारी – ५ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औं चुनावी साधारणसभा अन्र्तगत कार्यसमितिको अध्यक्षमा बिजयकुमार कार्कीसहित सवै पदमा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

समितिको उपाध्यक्षमा अग्नीप्रसाद भट्टराई, सचिबमा लालबहादुर तामाङ, कार्यसमितिका सदस्यहरुमा चेतन सिग्देल, दोर्णबहादुर अधिकारी, सुरेश आचार्य, ओमबहादुर कार्की, ईन्दु भट्टराई(कार्की) र कृष्णमाया राई निर्वाचित हुनुभएको छ ।

यसैगरी लेखा समितिको संयोजकमा जितबहादुर खत्री तथा सदस्यहरुमा राजेश रिजाल र देवीबहादुर सुवेदी रहेका प्रमुख निर्वाचन अधिकृत तेजकुमार रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २९ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्