वीरगञ्ज महानगरका मेयर सरावगीले पार्टी छोड्दै, यस्तो छ कारण


 


काठमाडौं, भदौ ३०
महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै वीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीले पार्टी छाड्ने तयारी गरेका छन् ।

संघीय समाजवादी फोरमबाट महानगरको मेयर बनेका उनले राजीनामा दिएका हुन् । मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाइसकेका छन् ।

अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ । फोरमका नेताहरुले मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाइरहेका छन् ।

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्