प्रधानमन्त्रीले मन्त्रीको परीक्षा लिँदै, यसरी गर्नेछन् कामको मूल्यांकन


 


काठमाडौं, भदौ ३०
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुले गरेका कामको परीक्षा लिने भएका छन् ।

अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रानमन्त्री ओलीले ‘डिजिटल सिस्टम’बाट मन्त्रीको कामको मूल्यांकन गर्ने तयारी गरेका छन्। नयाँ पत्रिकामा खबर छ ।

अनलाइन मूल्यांकनकै आधारमा मन्त्रीलाई प्रोत्साहन र कारबाही गर्ने योजना रहेको छ। सफ्टवेयर असोजको पहिलो साता सञ्चालनमा आउँदै छ ।

त्यसपश्चात ओलीले सिंहदरबारस्थित कार्यकक्ष या बालुवाटारस्थित निवासमै बसेर ट्याबलेट, ल्यापटप वा मोबाइलबाट मन्त्री र मन्त्रालयहरूको कामको प्रगति विवरण हेर्न सक्नेछन्।

मन्त्रीले कम्तीमा पनि ५० प्रतिशत अंक ल्याउनुपर्ने छ । कार्यतालिकाअनुसार प्रगति विवरण देखिएन भने त्यसको कारण खोजिने छ ।

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्