नेकपा अध्यक्ष प्रचण्ड चीन जाँदै


 


काठमाडौं, भदौ ३०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चीन भ्रमणमा जानु हुने भएको छ । चीनमा राखिएको ‘विश्व शान्ति दिवस’ कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्न प्रचण्ड चीन जान लाग्नुभएको हो ।

प्रचण्डसँगै पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र एक चिकित्सिक छन् । प्रचण्ड असोज ३ मा स्वदेश फर्किने उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा प्रचण्डले कुन–कुन चिनियाँ नेतासँग भेट्ने भन्ने खुलाइएको छैन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा १५ सदस्यीय टोली शुक्रवार चीन प्रस्थान गरेको छ । चिनिया कम्युनिस्ट पार्टीको निमन्त्रणामा श्रेष्ठसहित बलावती शर्मा, सन्तु दराई, जीवन गौतमलगायत नेता चीन जानुभएको हो ।

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्