निर्मला हत्याकाण्डः न्यायका लागि देशभर प्रदर्शन हुँदै


 


काठमाडौं, भदौ ३०
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि आज देशभर प्रदर्शन भइरहेको छ । निर्मला पन्तका निम्ति न्याय अभियान अन्तर्गत शनिबार आज प्रदर्शन भइरहेको हो।

निर्मलाको हत्यारालाई पक्राउ गर्न नसकेको उनको न्यायका लागि देशभर स्वतःस्फुर्त रुपमा आन्दोलन हुन लागेको हो । देशभरका झण्डै ३० ठाउँमा आज प्रदर्शन भइरहेको छ ।

निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवी पनि छोरीको न्यायका लागि काठमाडौं पुग्नुभएको छ । गत साउन ११ गते निर्मला पन्तको शव उखुबारीमा मृत अवस्थामा फेला परेको थियो।

घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन।

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्