करेन्ट लागेर उदयपुरमा दुईको मृत्यु


 


उदयपुर, भदौँ ३०

उदयपुरको चौदण्डी नगरपालिका–५ सिवाइमा करेन्ट लागेर आज ४२ वर्षीय टिपर चालक कृष्णबहादुर कार्की र सहचालक १९ वर्षीय भक्तबहादुर खड्काको मृत्यु भएको छ ।

ना अ १३२९ को टिपरले सडकमा ढुङ्गा झार्दै गर्दा गाडीले विद्युत्को प्रशारण लाइनलाई छुन पुग्दा करेन्ट लागेर दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मेघराज अधिकारीले बताउनुभयो ।

मृतक दुबैजना क्रमशः चौदण्डी नगरपालिका वडा नं ५ र ९ का बासिन्दा हुन् । रासस

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्