नेकपा अध्यक्ष दाहाल चीन प्रस्थान


 


काठमाडौँ, भदौँ ३०

चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनतर्फ प्रस्थान गर्नुभएको छ ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको बताउनुभयो ।

यस्तै विगतमा दुई देशका सरकारका बीचमा भएको सहमति तथा सहकार्यका विविध विषयलाई कार्यान्वयनमा ल्याउनसमेत आफूहले पहल गर्ने उहाँले जानकारी दिनुभयो ।

फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीको जनवर्गीय सङ्गठन तथा प्रदेश र जिल्लाको एकताको विषयमा छलफल चलिरहेको र केही समयभित्रै निष्कर्षमा पुगिने बताउनुभयो । रासस

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्