उर्लाबारी–मधुमल्ला सडकको अवस्था बारे संसद्मा कुरा उठ्यो


 


मोरङ, भदौँ ३०

मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले मोरङको उर्लाबारी–मधुमल्ला जोड्ने सडक वर्षाका कारण जीर्ण भएकाले तत्काल सुधार गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्दै सांसद् खतिवडाले ठेकेदारको लापरबाहीका कारण सडक अवस्था बिग्रिएकाले तत्काल सुधार गर्न माग गर्नुभएको हो । मोरङको उर्लाबारी–मधुमल्ला–तोरीबारी सडक खण्डमा ठेकेदारको चरम लापरबाहीका कारण कालोपत्रे कार्य पूरा हुन नपाउँदै भत्किएको छ । वर्षा हुने बित्तिकै उक्त सडक खण्डमा खाल्डो पर्ने गरेको छ । ठेकेदार कम्पनीले निर्माण सुरु गरेको ६ वर्ष बितिसक्दा पनि अझै कामसमेत पूरा हुन सकेको छैन ।

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्