डुबेर बालकको मृत्यु


 


मोरङ, भदौँ ३१

मोरङको पथरीशनिश्चरे नगरपालिका – २ स्थित लाटीखोलामा डुबेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँका रत्न ढकालको १३ वर्षिय छोरा मनिष ढकाल लाटीखोलामा डुबेको अवस्थामा शनिवार साँझ मृत फेला परेको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाँइले जानकारी दिनुभयो ।

बिहान घरबाट साथीहरुसँग खेल्न भनेर हिडेका बालक घर नफर्किएपछि स्थानीयबासी र प्रहरीले खोजी गर्ने क्रममा साँझ डुबेको अवस्थामा मृत भेटिएका हुन् ।

प्रकाशित मिति: ३१ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्