अछाम सरोकार मञ्च जापानको अध्यक्षमा कुँवर


 


काठमाडौ‌, भदौ ३१
अछाम घर भई अध्ययनको सिलसिलामा जापान पुगेका विद्यार्थीले अछाम सरकोर मञ्च जापान गठन गरेका छन् ।

‘विदेशी भूमिमा आत्मियता धरोहर, समुन्नत समाज, कुप्रथा, भ्रष्टाचारमा हाम्रो सरोकार’ भन्ने नाराका साथ शनिबार जापानको टोकियोस्थित शिनओकुबोमा आयोजित विद्यार्थीहरुको भेलाले लोकेन्द्रजंग कुँवरको अध्यक्षतामा मञ्च गठन गरेको हो ।

मञ्चको उपाध्यक्षमा अमित विष्ट, सचिवमा राजेन्द्र बुढथापा, सहसचिव तुलाराम देवकोटा, कोषाध्यक्षमा रविन्द्र रावल, सदस्यमा निरज रावल, दिलिप सिंह तिमिल्सैना ‘थोमस’, रमेश रावल, शिसिर कुवँर, अमरबहादुर विष्ट, रमेश कुँवर, लोकेन्द्र तिमिल्सैना, कोषराज रिमाल, तिर्थ उपाध्याय, प्रकाश ढकाल, र अनिल खड्का चयनभएका छन् ।

यस्तै, टक्कर कुँवर, नृप बुढा र इश्वर थापालाई मञ्चको सल्लाहकारमा चयन गरिएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्