फेरि घट्यो सुनचाँदीको मूल्य, कति छ आज ? हेर्नुहोस्


 


काठमाडौं, भदौ ३१
बजारमा सुनचाँदीको मूल्य फेरि घढेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा झरेको छ । शुक्रबारसम्म सुन प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय १० रुपैयाँमा झरेको छ । चाँदी शुक्रबार प्रतितोला सात सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्