योगमाया आयुर्वेद विश्वविद्यालय ‘अरुण उपत्यका क्षेत्रमा’



भोजपुर, भदौ ३१

योगमाया आयुर्वेद विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा नै स्थापना गर्ने सहमति भएको छ । भोजपुर र सङ्खुवासभा जनप्रतिनिधिको छलफलबाट विश्वविद्यालय अरुण उपत्यका क्षेत्रमा स्थापना गर्ने सहमति भएको षडानन्द नगरपालिकाका प्रमुख वीरबल राईले जानकारी दिनुभयो ।

योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारी निर्णय भएपनि योगमायाको तपोभूमि र कर्मक्षेत्रभन्दा बाहिर लैजाने हल्ला हुन थालेपछि दुवै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले संयुक्तरुपमा केन्द्रलाई दबाब दिने निर्णय गरेका हुन् ।

बैठकमा भोजपुरको तर्फबाट षडानन्द नगरपालिकाका प्रमुख वीरबल राई, उपप्रमुख मेरिका राई, पूर्वसांसद नरेन्द्र बस्नेतलगायत राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो ।

सङ्खुवासभाको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, उपप्रमुख अम्बिका खवास, खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
कार्यकारी सम्पादक :सुमन घिमिरे
           
facebook
© 2018 Deshko News