साढे ३३ किलो सुनकाण्ड : डिएसपी केसीलाई थुनामुक्त गर्न आदेश


 


मोरङ, भदौ ३१

साढे ३३ किलो सुनकाण्डमा मुछिएका डिएसपी प्रजित केसीलाई साधारण तारेखमा रिहा गर्न मोरङको उच्च अदालतले आज आदेश दिएको छ ।

न्यायाधीशद्वय उमेशकुमार सिंह र उमेशराज पौडेलको संयुक्त इजलासले थुनामा रहेका प्रहरी नायब उपरीक्षक डिएसपी प्रजित केसी साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

केसीलाई थुनामा राखिरहन पर्याप्त आधार नभएको भन्दै उच्च अदालतले रिहा गर्न आदेश दिएको हो ।

यसअघि शुक्रबारमात्रै सुनकाण्डमै मुछिएका एसएसपी दिवेश लोहनीलाई पनि अदालतले रिहा गर्न आदेश दिएको थियो । सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप उनीमाथि लागेको थियो ।

प्रकाशित मिति: ३१ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्