नरेश पातलीको गीत बजारमा आउँदै


 


नेपाल आइडलको सिजन–२ बाट चर्चा कमाएका नरेश पातलीको गीत चाँडै बजारमा आउने भएको छ । उनले गीत रेकर्ड गराएका छन् ।

नेपाल आइडलको सिजन–२ अन्तर्गत धनगढी अडिसनमा ‘उ जितेर गइ या हारेर गइ….’ बोलको गीत गाएर पातली एकाएक चर्चामा आएका थिए । उनी सो अडिसन चरणबाटै बाहिरीएका थिए । बझाङका पातली हाल काठमाडौंमा रहेका छन् । उनले चर्चित हाँस्य श्रृखंला भद्रगोलमा समेत अभिनय गरेका छन् ।

उनले हालै बादल घिमिरेको शब्द र संगीतमा ‘आई ह्याभ अ गर्ल फ्रेन्ड’ बोलको गीत रेकर्ड गराएका हुन् । हाल संगीतकार घिमिरेले नै नरेशलाई संगीत प्रशिक्षण दिंदै आएका छन् । नरेशले आफुले अपेक्षा गरे भन्दा निकै राम्रो गाएको उनले बताए । यसको भिडियोसमेत छिटै सार्वजनिक गर्ने उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्