दसैंमा ग्यास ठप्प पार्ने चेतावनी


 


काठमाडौं, भदौँ ३१

नेपाल एलपी ग्यास उद्योग संघले ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको छ । दसैं, तिहारजस्ता मुख्य चाडपर्वको मुखैमा नेपाल एलपी ग्यास उद्योग संघले कुनै पनि बेला ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको हो ।

भारतीय ढुवानीकर्ताले माग गरे बमोजिमको ढुवानी खर्च दिने अवस्था नरहेकाले कुनै पनि बेला ग्याँसको आपूर्ति बन्द हुन सक्ने अवस्था आएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभयो । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सबै बस्तुमा मूल्य वृद्धि भएपछि ग्यासको ढुवानीको खर्च बढने भन्दै आफूहरुले राखेको माग सरकारले बेवास्ता गर्दै आएको आरोप पनि लगाउनुभयो ।

संघले डिजेलको मूल्य बढेको भन्दै भाडा समायोजन नभए ग्यास ढुवानी बन्द गर्ने पत्र भारतीय ढुवानीकर्ताहरुले पठाएको पनि दावी गरेको छ । अध्यक्ष भण्डारीले भारतीय ढुवानीकर्ताको सो पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई बुझाए पनि समस्या समाधानका लागि कुनै पहल नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: ३१ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्