विश्वकर्मा पूजा किन गरिन्छ ? यस्तो छ महत्व



काठमाण्डौँ, असोज १

आज आश्विन १ गतेका दिन भगवान विश्वकर्माको जन्म दिन हो । त्यसैले आज उहाँको पूजा गरिन्छ । हिन्दु संस्कृतिमा उहाँलाई यन्त्रको देवता मानिन्छ । उहाँले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पुर्याउनका लागि विभिन्न कार्य गर्नुभएको थियो। प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुर जस्ता स्थानका रचयिता भगवान विश्वकर्मा नै भएको बताइन्छ ।

यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गरिन्छ । भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रम्हान्डको निर्माण गरेका थिए भनिन्छ । उहाँ भगवान ब्रम्हदेवका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भनिन्छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाउनुभएको थियो।

विश्वकर्मा पूजाको दिन उहाँलाई सबैले सम्झिन्छन् । त्यस दिन सबै कार्य बन्द गरेर उहाँको पूजा गरिन्छ र अझ धेरै कार्य तथा समृद्धिको कामना गरिन्छ । आजको युगका आधारमा उहाँ त्यो समयका इन्जिनियर हुनुहुन्थ्यो । हिन्दु धर्ममा उहाँलाई निर्माण र सिर्जनाका देवता मानिन्छ । विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ । उहाँको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दु धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । देव शिल्पी विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे । त्यसैले उहाँ देवताका पनि आदरणीय हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News