सुनचाँदीको मूल्य बढ्यो


 


काठमाडौं, असोज १
असोज महिनाको पहिलो दिन आज सुनचाँदीको मूल्य बढेको छ । भदौ महिनाको अन्तिम दिन हिजोको तुलनामा आज सुन प्रतितोला चार सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदी पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५८ हजार र चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति: १ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्