उर्लाबारीको खोला ठेक्कामा बिवाद


 


दर्ता गर्न नपाएका कम्पनीको च्यातिएको बोलपत्र फारम

मोरङ असोज १

मोरङको उर्लाबारी नगरपालिकाले नगरका खोलाजन्य पदार्थ निकासी ठेक्काका लागि आह्वान गरेको बोलपत्र बुझाउने अन्तिम दिन आज आफुहरुलाई बोलपत्र फारम दर्ता गर्न नदिइएको निर्माण व्यवसायीले गुनाशो गरेका छन् ।

नगरपालिकाले नगरभित्र रहेका ६ वटा खोलाजन्य पदार्थ निकासीका लागि रु दुई करोड ९१ लाखमा बोलपत्र आह्वान गरेको थियो । खोलाजन्य पदार्थ निकासीका लागि बोलपत्र बुझाउने अन्तिम दिन आज इटहरीका निर्माण व्यवसायी भिम पौडेलले केही गुण्डाहरु प्रयोग गरेर बोलपत्र फारम दर्ता गर्न नदिएको जे.एन.जे. निर्माण सेवा दमक झापाका राजकुमार थापाले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो – नगरपालिकाको मुख्य गेट नै बन्द गरेर केही गुण्डा प्रयोग गरेर हामीलाई बोलपत्र फारम दर्ता गर्न दिईएन । यस्तै के.एन. निर्माण सेवा रतुवामाई नगरपालिका – १० का संचालक ख्याम निरौलाले रु २ करोड ९१ लाखमा आह्वान गरिएको ठेक्का रु ४ करोड १ रुपैयामा लिने गरी बोलपत्र फारम दर्ता गर्न जाँदा रोक लगाईएको बताउनुभयो ।

केही हुलहुज्जत र गुण्डाहरु प्रयोग गरेर बोलपत्र फराम दर्ता गर्न नदिईएको उहाँले लगाउनुभयो । अघिल्लो दिन १९ वटा बोलपत्र फारम वितरण भएकोमा षड्यन्त्र गरेर ४ वटालाई मात्र दर्ता गर्न दिईएको उहाँको भनाई छ । आफुहरुलाई बोलपत्र फारम दर्ता गर्न जाँदा प्रहरी प्रशासनले समेत सुरक्षा नदिईएको उहाँको भनाई छ । बोलपत्र फारम बुझाउन जाँदा नगर प्रहरीले माथिको आदेश चाहिन्छ भनेर भनियो निरौलाले भन्नुभयो – नगरपालिकाले यो ठेक्का पक्रिया रद्ध गरेर अर्को आह्वान गर्नुपर्छ ।

आफुहरुलाई खोला ठेक्का बोलपत्र फारम दर्ता गर्न नदिईको भन्दै नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गरिएको उहाँले बताउनुभयो । उर्लाबारी नगरपालिकाले नगरका मावा, बक्राहा, सोल्टी, सुनझोडा, मिक्लु र नुनसरी खोलाको खोलाजन्य पदार्थ निकासीका लागि बोलपत्र आह्वान गरेको थियो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले एक महिनाअघि देखी नै ठेक्का आह्वान गरिएकाले अन्तिम दिन बुझाउन पाईन भन्नुको अर्थ नरहेको बताउनुभयो । उहाँले नगरपालिका बाहिर दुई पक्षबिच भएको घटनाका विषयमा थाहा नभएको बताउनुभयो ।

प्रकाशित मिति: १ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्