आजदेखी राप्रपाको केन्द्रीय समितिको बैठक


 


काठमाडौँ, असोज २

राष्ट्रिय प्रजातन्त्र पार्टीको कन्द्रीय समितिको बैठक आजदेखि काठमाण्डौँमा सुरु हुँदैछ । बैठकका लागि आवश्यक तयारी तथा बैठकमा पेश हुने एजेण्डा तय भइसकेको राप्रपाले जनाएको छ ।

आज र भोली चल्ने बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन तथा महासचिव भाष्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गर्ने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्