अमेरिका किन जाँदैछन् प्रधानमन्त्री ओली ? ट्रम्पलाई भेट्ने


 


काठमाडौँ, असोज २

प्रधानमन्त्री केपी शर्मा ओली आगमी असोज ६ गते शनिवारका दिन अमेरिका जाने भएका छन् । न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली शनिबार अमेरिका प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जाने छन्। अमेरिका बसाईका क्रममा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट गर्ने सम्भावना छ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ आजबाट ७३ औं महासभा मंगलबारबाट शुरु भएको छ । बैठकलार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले असोज ११ गते मात्रै सम्बोधन गर्ने कार्यतालिका छ।

प्रकाशित मिति: २ आश्विन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्