संविधान दिवसको विरोध गर्न आवश्यक छैन : यादव



विराटनगर, असोज २

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले असोज ३ गते संविधान दिवसको विरोध गर्ने आफ्नो दलको कुनै कार्यक्रम नरहेको बताउनुभएको छ ।

यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले संविधानलाई मानेर विभिन्न निर्वाचनमा भाग लिइसकेको र संविधानबारे रहेको असहमतिलाई सम्बोधन गरी संशोधन र परिमार्जन गर्दै लैजाने प्रक्रिया शुरु भइसकेकाले संविधानको विरोध गरिरहनु नपर्ने बताउनुभयो । उहाँले केही व्यक्तिले बाटाबाटामा निकालेको विज्ञप्तिको कुनै औचित्य नरहेको पनि स्पष्ट गर्नुभयो ।

एक प्रश्नका जवाफमा स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यकर्मीको सरुवामा केही त्रुटि देखिएकाले मन्त्रालयले छानबिन समिति बनाएको र यसको प्रतिवेदनका आधारमा दोषीलाई कारवाही गरिने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News