निर्दोषलाई न्याय दे


 


रमा भट्टराई, कैलाली

मुर्दाहरुको देशमा
न्याय माग्दैछ्न्
केही थान मानिसहरु !!

चिच्याउदै छन्
फेरि सुनेन भन्दै पुन चिच्याउदैछ्न्
सडक तातेको छ
तर, सदन चिसो छ
अनि कहाँबाट जाग्छ्न्
मुर्दाहरु र
मानिसहरुलाइ न्याय दिन्छ्न् !!

न्याय त नोटमा बिक्छ
आँखामा पट्टी बाधेको न्यायको
मूर्ति आफैले
त्यो पट्टी खोले पो देख्ने थियो
अन्यायले के के गर्यो भनेर !!

कति सपना साच्दै
फकृदै थिए कोपिलाहरु
दानवहरुको बस्तीमा

के थाहा
यहाँ पाइला पाइलामा
ज्यान हत्केलामा राख्नु पर्छ भनेर
खुला आकाशमा उड्ने चाहाना
कति बेला खरानी बनाउछ्न
ती दानवहरुले !!

एकपटक बलात्कारपछि मारिइन् छोरी
दिन दिनै पलपल
बलात्कार गर्दैछ सरकार ति बाउ आमालार्इ
सायद काली गण्डकी सप्तकोसीहरु
कम उर्लिन्छ्न होला
त्यति बगिरहेका छ्न्
नयनहरु

ए मुर्दाहरुको राज्य
पैसामा किन्न नखोज
निर्दोषहरुको आँसु
कुनै दिन बग्न सक्छ्स
सुतेकै ठाउँबाट
उठ र न्याय दे यी निर्दोषलाई !!!

प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्