जनार्दन मैनाली पत्रकारिता पुरस्कार लम्साललाई


 


विराटनगर, असोज ३

जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट विराटनगरका पत्रकार गणेश लम्साल पुरस्कृत हुनु भएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा लम्साललाई प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्कत कार्कीले दोसल्ला ओढाएर नगद १५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र प्रदान गर्नुभयो ।

प्रेस चौतारीले मैनालीको स्मृति दिवसका अवसरमा हरेक वर्ष एकजना पत्रकारलाई सो पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि ९ जना पत्रकार पुरस्कृत भइसकेको चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । पुरस्कृत लम्साल नयाँ पत्रिका दैनिकमा कार्यरत हुनुहुन्छ ।

प्रकाशित मिति: ३ आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्