सुनसरीमा गोली लागेर एक जनाको मृत्यु, प्रहरी हवल्दार घाइते



सुनसरी, असोज ४

सुनसरीको हरिनगरा गाउँपालिका २ र ६ मा आज गोली चलेको छ । भारतीय बजारबाट नम्वर प्लेट नभएको मोटरसाइकलमा दुई जना सवार अज्ञात समुहले गोली चलाएको सुनसरी प्रहरीले जनाएको छ ।  गोली लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हरिनगरा गाउपालिका २ का ५६ वर्षिय मौलाना खुर्सीद अंसारी रहेको स्थानीय नइम अंसारीले जानकारी दिनुभयो । बजार घुम फिर गर्नका लागि निस्केका बेला अंसारीमाथि अज्ञात समुहले गोली प्रहार गर्दा उहाँको टाउको र छातीमा गोली लागेर र घटना स्थलमै मृत्यु भएको हो ।

त्यसैगरी हरिनगरा गाउपालिका ६ घुस्की प्रहरी चौकीमा कार्यरत प्रहरी हब्लदार सिबलाल पौडेल माथि समेत गोली प्रहर भएको स्थानीयहरुले बताएका छन ।

भुटाहा बाजार क्षेत्रमा गोली प्रहार गरेर भागी रहेका बेला प्रहरीले बोटो छेक्न खोज्दा प्रहरीमाथि समेत गोली प्रहार गरेको हो । पौडेललाई खुटटा र कोखमा गोली गरेको बताइएको छ ।

घाइते भएका प्रहरी हब्लदारलाई उपचारका लागि बिराटनगर लगिएको प्रहरीले जनाएको छ । यता सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले गोली प्रहार भएको बताउनुहुदै घटनाको बिषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News