न्यायाधीश जोशीविरुद्ध महाभियोग प्रस्ताव दर्ता होला त ?



काठमाण्डौँ, असोज ४

संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई हटाउन संसदमा महाअभियोग प्रस्ताव दर्ताको तयारीमा सत्तारुढ नेकपा लागेको छ ।

प्रधानन्यायाधीशमा अस्वीकृत भइसकेपछिपनि न्यायाधीशको रुपमा सर्वोच्च अदालतमा उपस्थित भएको भन्दै उनीविरुद्ध महाअभियोगको तयारी भएको नेकपा स्रोतले बताएको छ । संसदीय समितिको निर्णय अवज्ञा गरेर संसदको मानहानी गरेको नेकपाको आरोप छ ।

नेकपा संसदीय दलको कार्यालयमा जोशीविरुद्ध महाअभियोग लगाउनेबारे छलफल भएको छ । ‘संसदीय समितिको निर्णय अवज्ञा गरेकोले जोशीविरुद्ध महाअभियोगको तयारी भइरहेको छ’ नेकपाका एक सांसदले भने ।

संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत गरेपछि उनी घर विदामा थिए । ओमप्रकाश मिश्र सर्वोच्चको प्रधानन्यायाधीश भएर आएपछि जोशी अदालतमा उपस्थित भएका थिए ।

संसदको दुईतिहाइ बहुमतले न्यायाधीशलाई महाअभियोग लगाएर हटाउन सक्ने संवैधानिक व्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News