मोरङ प्रहरीले ल्यायो डिजिटल प्रहरी परिचालन एप्स


 


विराटनगर, असोज ४

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जिल्ला प्रहरी कार्यालय मोरङले अपराध नियन्त्रण एवं अनुसन्धानका लागि ल्याएको डिजिटल प्रहरी परिचालन प्रणालीसम्बन्धी एप्सको शुभारम्भ गर्नुभएको छ ।

मुख्यमन्त्री राईले आज एक कार्यक्रमबीच एप्सको शुभारम्भ गर्नुभयो । नेपाल प्रहरीले मोरङबाट सुरु गरेको यस्तो प्रविधिबाट मोबाइल फोनमार्फत् आपराधिक सूचना पाउन सकिने मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मजोज केसीले जानकारी दिनुभयो ।

डिजिटल परिचालन प्रणालीको शुभारम्भ गर्दै मुख्यमन्त्री राईले १ नम्बर प्रदेशमा शान्ति–सुरक्षा र सुशासन कायम गर्न प्रविधिमैत्री प्रणालीको विकास आवश्यक रहेको बताउनुभयो ।

प्रहरी परिचालनलनाई सुद्धढ बनाउन, सूचना अभिलेखीकरण गर्न र प्रहरी कारबाहीको रिपोर्टसमेत प्राप्त गर्नसकिने यो प्रणाली नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको जनाइएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्