बम र खुकुरीसहित दुई जना पक्राउ


 


फाइल तस्बीर

लहान, असोज ५
सिरहाको धनगढीमाई नगरपालिका–२ गड्मे बजारबाट प्रहरीले सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले ताप्लेजुङ खप्तालुङ–२ निवासी ३५ वर्षीय यम लिम्बू र सिन्धुली हरिपुर–२ निवासी ३५ वर्षीय आकाश राईलाई हतियारसहित बिहीबार पक्राउ गरेको हो ।

शङ्का लागेर झोला जाँच गर्दा ती सामान फेला परेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी बताए । पक्राउ परेका दुवैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित मिति: ५ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्