प्रदेश १ मा पेट्रोलियम पदार्थको अभाब


 


मोरङ, असोज ५

यातायात मजदुरहरुले गरेको यातायात बन्द र पेट्रोलियम ढुवानी चालकहरुको आन्दोलनका कारण प्रदेश नं. १ मा पेट्रोलियम पदार्थको अभाब सुरु भएको छ ।

पेट्रोलियम पदार्थको अभाब भएपछि सर्वसाधरणहरुले सास्ती खेप्नु परेको छ । बजारमा मंहगो मुल्यमा बेच्न राखिएको पेट्रोलियम पदार्थबाट मोटरसाईकल तथा अन्य सवारीहरु चल्न बाध्य छन् ।

बन्द खुलाउन र ढुवानी चालकहरुको आन्दोलनको बिषयमा सरकारी पक्षबाट समाधानको पहल समेत गरिएको छैन ।

प्रकाशित मिति: ५ आश्विन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्