तीन डीआईजी एआईजीमा बढुवा



काठमाण्डौँ, असोज ६

सरकारले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्का गएराति अबेर सम्पन्न बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो ।

कार्की पहिलो, राई दोस्रो र बस्नेत तेस्रो नम्बरमा सिफारिस हुनुभएको थियो । बढुवासँगै कार्की प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभाग, राईलाई मानव स्रोत तथा प्रशासन विभाग र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने सुनसरीमा हत्या भएका खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।

माथिल्लो अरुण आयोजना सरकारको स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणमार्फत बनाउने २०६९ फागुन ४ को निर्णय संशोधन गर्दै प्राधिकरणको सहायक कम्पनी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत बनाउने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News