प्रदेशस्तरीय गजल प्रतियोगिता


 


बुटवल, असोज ६
बुटवलमा पहिलोपटक ५ नम्बर प्रदेशस्तरीय गजल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रदेश नं ५ का १२ वटा जिल्लाबाट सहभागी भएकामध्ये १० उत्कृष्ट गजलकारलाई वाचनका लागि शुक्रबार बुटवल बोलाइएको थियो ।

शान्ति र समृद्धि केन्द्रित गजलमा रुपन्देहीका विष्णु विवश पोखरेल प्रथम, दाङका वसन्त वली वसन्ती द्वितीय, बुटवलका पुरुषोतम पाण्डे तृतीय र पाल्पाका भोजराज भट्टराई तथा गुल्मीका कृष्ण गाउँलेले सान्त्वना स्थान हासिल गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथमलाई रु १० हजार, द्वितीयलाई रु पाँच हजार, तृतीयलाई रु तीन हजार र सान्त्वनालाई जनही पुरस्कार रु दुई हजारसहित प्रमाणपत्र प्रदान गरियो ।

नगरप्रमुख सुवेदीले साहित्य कला र संस्कृतिको उत्थानका लागि उपमहानगरले चालू आर्थिक वर्षका लागि रु २५ लाख विनियोजन गरेको र प्रतिष्ठानलाई बृहत् बनाउने गरी ऐन, नियम, बनाउने काम भइरहेको जानकारी दिनुभयो ।

एक दर्जन स्रष्टाले आ–आफ्ना रचना वाचन गर्नुभएका सो प्रतियोगितामा निर्णायक मण्डलका संयोजब बुद राना, सदस्य रुद्र ज्ञवाली, प्रतिष्ठानका सचिव दलबहादुर गुरुङलगायतले साहित्यका विविध विषयमा चर्चा गर्नुभएको थियो । रासस

प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्