नेपाली युवतीको मालदिभ्समा मृत्यु


 


भद्रपुर, असोज ६
वैदेशिक रोजगारीको सिलसिलामा माल्दिभ्स गएकी झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मृत्यु भएको छ ।

घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर डेढ वर्षअघि मालदिभ्स गएकी उनको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिनुभयो ।

सङ्गीताको शव आज बिहान घर ल्याएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । उनी अविवाहित थिइन् । रासस

प्रकाशित मिति: ६ आश्विन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्