भारतीय प्रधानमन्त्री मोदी फेरि नेपाल भ्रमणमा आउँदै


 


काठमाडौं, असोज ७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुनः नेपालको भ्रमण गर्नु हुने भएको छ। नोभेम्बरको अन्तिम साता उहाँको भ्रमण हुने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

बिमस्टेक सम्मेलनमा सहभागि भएर भारत फर्कनुभएका उहाँले पुनः चौथो नेपाल भ्रमण गर्न लागेको बताइएको छ । नेपाल भ्रमणमा आउँदा प्रधानमन्त्री मोदीले यसपटक लुम्बिनीको भ्रमण गर्ने निश्चित भएको छ ।

पहिलोपटक भ्रमण गर्दा देखिनै लुम्बनी भ्रमण गर्ने तय भएपनि प्रधानमन्त्री मोदी विभिन्न कारणले त्यहाँ पुग्न सक्नु भएको थिएन । यसपटक लुम्बिनी भ्रमणलाई विशेष प्राथमिकतामा राखेर प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउन लाग्नुभएको बताइएको छ ।

त्यसबाहेक अन्य उच्चस्तरीय भेटघाट हुने बताइएको छ । यद्यपि, अहिले भ्रमणको मिति र कार्यक्रम तय नभएको स्रोतको दावी छ ।

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्