पापी बाबु, जसले गरे छोराको हत्या !


 


कैलाली, भजनी, असोज ७

कैलालीको टीकापुर नगरपालिका–८ मा आफ्नै बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेका छन् । सामान्य घरायसी विवादमा शनिबार बुबाले छोरालाई बञ्चरो प्रहार गर्दा आज छोराको मृत्यु भएको हो ।

टीकापुर नगरपालिका–८ कालिमाटीमा साँझ ७५ वर्षीय बाबु पहले लुहारको बञ्चरो प्रहारबाट ५० वर्षीय छोरा कृतबहादुर लुहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । बाबुले छोरालाई बञ्चरोले टाउकामा हिर्काएपछि घाइते गम्भीर भएका कृतबहादुरको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

टीकापुर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कृतबहादुरलाई नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा शनिबार राति मृत्यु भएको जनाइएको छ ।

लुहारको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको र बञ्चरो प्रहार गर्ने बाबु पहलेलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेको छ । मृतक लुहार लामो समयदेखि सपरिवार रोजगारीका लागि भारतमा रहनुभएको थियो ।

प्रकाशित मिति: ७ आश्विन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्