उपराष्ट्रपति पुन स्वदेश फर्कदै



काठमाडौँ, असोज ८

उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । उहाँ एयर चाइनाको विमानबाट आज बिहान ९ः४५ बजे काठमाडौँ आइपुग्नुहुनेछ ।

उपराष्ट्रपतिले चीन भ्रमणका क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ सम्बद्ध मुलुकको आर्थिक विकासका लागि सहकार्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीलाई अपिल गर्नुभएको थियो ।

चीन भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव छिङ्हुवाले शिष्टाचार भेट गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News