राम्रो काम गर्न नसके कम्युनिष्टलाई जनताले पत्याउदैनन् : प्रचण्ड



काठमाण्डौँ, असोज ८

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधयक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाममुखी विकासका काम गर्न नसके जनताले कम्युनिष्टलाई अर्को चुनावदेखि नपत्याउने बताउनु भएको छ ।

बहुमत, सक्षम नेता कार्यकर्ता, जनता र प्रतिपक्षको साथ हुँदा पनि परिणाममुखी काम नगरेर भाषण मात्रै गर्ने हो भने जनताले कम्युनिष्टको विकल्प खोज्ने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति चितवनले आज भरतपुरमा आयोजना गरेको दोस्रो जिल्ला सभा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विकास गर्न नसके जनताले कम्युनिष्टलाई पत्याइराख्नुपर्ने कारण नहुने बताउनु भएको हो ।

‘प्रतिपक्षीले पनि विकासमा अवरोध हुँदैन भनेको छ। यति हुँदाहुँदै पनि काम गर्न सकेनौं भने अर्को पटकदेखि जनताले हामीलाई पत्याउनुपर्ने कुनै कारण बाँकी रहँदैन’, प्रचण्डले भन्नुभयो, ‘अत्यधिक बहुमत, सक्षम नेता, कार्यकर्ता, जनता सबै हुँदा पनि कामलाई परिणाममा देखाउन सकेनौं भने जनताले विकल्प खोज्छन्।’

विकास गर्न सक्छौं भनेर जनतासामू गरिने प्रतिवद्धता तथा भाषणलाई जनताले अर्को पटकदेखि साथ नदिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News