सर्वमान्य हुने गरी राजधानीको विषय टुंगो लाग्छ : मुख्यमन्त्री राई



सुनसरी, असोज ८

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजधानीको विषयलाई चाँडै ‘टुंगो लाग्ने दोहोर्याउनु भएको छ । सुनसरीको इटहरीमा खुलेको इटहरी सेन्ट्रल प्लाजाको उद्घाटनमा बोल्दै मुख्यमन्त्री राईले विराटनगर, इटहरी, धरान र धनकुटा सबैलाई सर्वमान्य हुने गरी राजधानीको विषयलाई चाँडै टुंगो लगाउने बताउनुभयो ।

इटहरी मात्र होइन धरान, धनकुटा र विराटनगर सबैलाई चित्त बुझ्ने गरी राजधानीको विषय टुङ्गिन्छ’, राईले भन्नुभयो, ‘राजधानी बन्न माग गरिरहेका क्षेत्रका सांसदहरूसँग छलफल गरेर चाँडै नै सर्वसम्मत समझदारीमा आउँछौँ ।’

राजधानी र नामजस्ता सवाललाई चाँडै टुङ्ग्याएर समृद्धिको दिशामा अघि बढ्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News