झापामा चार वर्षिया बालिका बलात्कृत



झापा, असोज ८

झापाको हल्दिबारी गाउँपालिकाका एक युवक चार वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । हल्दिबारी–१३ जलथलका २१ वर्षीय युवकले छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्ने युवक र बालिकाको घरसँगै रहेकाले उनको नाम नखुलाइएको प्रहरी प्रबक्ता जितेन्द्रकुमार बस्नेतले बताउनुभयो । प्रवक्ता बस्नेतका अनुसार आइतबार दिउँसो छिमेकी बालिकालाई ती युवकले साइकलमा घुमाउन लगेका थिए ।

छिमेकी भएकाले बालिकाले युवकलाई मामा भन्ने भन्ने गरेकी थिइन् । सोही नाताको फाइदा उठाउँदै घुम्न गएको समयमा युवकले बलात्कार गरेको पीडित परिवारले प्रहरीमा उजुरी गरेका थिए । युवकलाई प्रहरीले गएराति पक्राउ गरेको हो । पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News