मोरङका स्वास्थ्य प्रमुख र उपप्रमुखको भेला मिक्लाजुङमा


 


मोरङ, असोज ८

मोरङ जिल्लाका १७ वटा स्थानीय तहका स्वास्थ्य प्रमुख र उपप्रमुखहरुको एक दिने अन्तरक्रिया मोरङको मिक्लाजुङमा आज सम्पन्न भएको छ ।

मिक्लाजुङ गाउँपालिकास्थित सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीय स्तरमा स्वास्थ्य संस्थामा देखीएका समस्या र तिनका सामधानका उपायबारे छलफल भएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य संयोजक चिन्तामणी पोख्रेलले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिकका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि देवीप्रसाद आचार्यले स्वस्थ्य मानब जिवनको संवेदशिल पाटो भएकाले स्वस्थ्य क्षेत्रमा गाउँपालिका पुर्ण प्रतिबद्ध भएर लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले स्वास्थ्य नै धन भएकाले यस बिषयमा गम्भिर भएको बताउनुभयो । कार्यक्रम मोरङ जिल्ला स्वास्थ्य समन्वय समितिका अध्यक्ष मुरारी आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्