मौलिक हक उपभोग गर्न कानून बन्नुपर्छ : उपप्रधानमन्त्री यादव



विराटनगर, असोज ९

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधानमा उल्लिखित मौलिक हक उपभोग गर्न कानूनहरु बन्नुपर्ने बताउनुभएको छ ।

सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ स्तरीय प्रथम भेलाको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले संविधानमा धेरै त्रुटी रहेकाले यसको संशोधन हुनुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका राष्ट्रिय अध्यक्षसमेत रहनुभएका यादवले संविधानमा महिलाको अधिकार अरू देशको तुलनामा बढी रहेको स्पष्ट पार्नुभयो ।

संविधान विभेदकारी बन्न नहुने तर्क गर्दै उपप्रधानमन्त्री यादवले संविधानलाई संशोधन गरेर प्रदेशलाई अधिकार सम्पन्न गर्नुपर्छ भन्नुभयो । साधन र स्रोतविहीन प्रदेश कहिले पनि बलियो हुन नसक्ने भन्दै उहाँले जनताको आधारभूत आवश्यकता पूरा गर्न गरीबी र बेरोजगारी समस्या समाधान हुनुपर्छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News