नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री



न्यूयोर्क, असोज १०

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली जनताले राणा र शाहवंशका निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेको र अन्त्यमा उनीहरूलाई पराजित गरी संविधानसभामार्फत सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली जनताले वर्तमान लोकतान्त्रिक व्यवस्थाका लागि निकै ठूलो त्याग गरेको र धेरै शहीद भएको बताउँदै नेपालका सबै राजनीतिक दलले हतियार उठाएको स्मरण गर्दै अन्त्यमा बन्दुकको गोलीबाट नभइ जनताको मतबाट परिवर्तन र शान्ति आएको उल्लेख गर्नुभयो । उहाँले पूर्ण बहुमतको आफ्नो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को योजनालाई कार्यान्वयन गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा जलविद्युत्का लागि निकै ठूलो भण्डार रहेको र कुनै पनि लगानीकर्तालाई सही रूपमा यस क्षेत्रमा लगानी गर्न अवसर दिन सकिने बताउनुभयो । उहाँले पिस कर्प कार्यक्रम सञ्चालन गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै यो कार्यक्रम आरम्भ हुँदाको अवस्था अब नेपालमा नरहेको र निकै परिवर्तन भइसकेको उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News