गोरेका सहयोगीलाई थुनामै राख्ने आदेश


 


विराटनगर, असोज १०

साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या अरोपमा थुनामा रहेका तीनजनालाई उच्च अदालत बिराटनगरले थुनामै राख्न आदेश दिएको छ ।

मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती गोरेका सहयोगी मोहन काफ्ले, कृष्ण भन्ने नरेन्द्र कार्की र लालबहादुर मगरलाई थुनामा राख्न जिल्ला अदालत मोरङको आदेशलाई उच्च अदालत बिराटनगरले पनि सदर गरेको हो । आज उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा र उमेशराज पौडेलको इजलासले मोहन काफ्ले र कृष्ण भन्ने नरेन्द्र काकी थुनामा राख्ने आदेश दिएको हो । काफ्ले र कार्कीलाई गोरे सहितको समूहले साढे ३३ किलो सुन लुकाएको आरोपमा यातना दिइएको थियो ।

मोरङ उर्लाबारीको कान्छी चोकस्थित जंगलमा कार्की, काफ्ले र मृतक शाक्यलाई गोरे सहितको समुहले सँगै राखेर करेन्ट लगाएर यातना दिएको थियो । सनम शाक्यको शव विराटनगरबाट बरामद गर्दा काफ्ले, कार्कीलाई र टेकराज मल्ल ठकुरीलाई पक्राउ परेका थिए ।

त्यस्तै सोमबार उच्च अदालत विराटनगरका न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको संयुक्त्त इजलासले थुनामा रहेका एयरलायन्स कर्मचारी एलबी भनिने लालबहादुर मगरलाई थुनामा राख्ने जिल्ला आदेश नै सदर गरेको थियो ।

प्रकाशित मिति: १० आश्विन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्